Logo

बाँझोपनाः महिलामा मात्र होइन, पुरुषमा पनि हुन्छ !



निसन्तान अर्थात बाँझोपना । बाँझोपना नेपालको मात्र होइन, संसारभर यो समस्याको रुपम बढ्दै गएको छ । कतिपय नेपालमा आएर बाँझोपनाको उपचार गराउँछन्, त कोही विदेश गएर उपचार गराउँछन् । विदेशमा बाझोपनको महत्व हुँदैन । बच्चा भए पनि ठिक, नभए पनि ठिकै छ भन्ने हुन्छ । तर, नेपालमा यसको ठिक उल्टो छ । जसरी पनि बच्चा चाहिन्छ, जे गरेर भएपनि सन्तान चाहिन्छ भन्ने मान्यता छ ।

बाँझोपनामा दुई खाले समस्या छन् । एक (primary inferlity) अर्थात एउटा पनि बच्चा नभएको र दोस्रो (secondry inferlity) पहिलो सन्तान भएको तर दास्रो सन्तान नभएको अवस्था हो । बाँझोपना हुनुमा कसैको दोष छैन । तर, नेपाली समाजमा महिलाबाट बच्चा भएन भने समस्या के हो ? किन बच्चा भएन ? भनेर स्वास्थ्य परीक्षण गरिँदैन । बच्चा नहुनुको कारण खोज्ने र डाक्टरसँग परामर्श लिइँदैन ।

महिलाकै कारण बच्चा नभएको निस्कर्ष निकालिन्छ । महिलाकै कारण बच्चा नभएको भनेर पुरुष सन्तानका लागि अर्को बिबाह गर्न तयार हुन्छन् । अरुले पनि त्यही सल्लाह दिन्छन् । तर, सन्तान उत्पादनका लागि महिलाको मात्र होइन, पुरूषको पनि उत्तिकै भूमिका हुन्छ भनने बुझ्न चाहँदैनन् ।

छोरा मान्छेमा कुनै कमजोरी हुँदैन, सबै महिलाको कमजोरी हो भनिन्छ । तर, त्यो सरासर गलत हो । हामीले स्वास्थ्य क्षेत्रमा काम गर्दा यस्ता अनेक दृष्य देखिन्छ । बच्चा जन्माउन पुरूषमा पनि कमजोरी हुन्छन् । तर कसरी थाहा पाउने ? बच्चा बन्नको लागि चाहिने मुख्य तत्व विर्य (seman) त्यो पुरूषमा हुन्छ ।

जसको count,mortility, morbility कति छ ? active कति ? nonactive कति छ ? त्यो पहिला seman anilysis मार्फत lab test गरेर हेर्नुपर्छ । यसको test को लागि physical relation तीन दिनसम्म नराखेको हुनुपर्छ । अहिले सन्तान बनाउनका लागि हरेक विधिहरू आएको छ ।

medicine चलाएर self contact, IUI पुरूषको k’¿ifsf] seman analysis पछि पालो महिलाको आउँछ । जसमा महिला महिनावारी भएको दुई दिन वा तीन दिनमा हर्मन परीक्षण गराउनु पर्छ । जसमा Estrogen,Thyroid, FSH, prolaction, AMH, LH हुन्छ । यो हर्मोन परीक्षण गराएपछि महिनावारी भएको पाँचौं दिनमा डिम्ब कस्तो छ ? भनेर हेर्नुपर्छ ।

त्यसको लागि TVS गरिन्छ । (trans vaginal sonography) जसमा महिलाको पाठेघर भित्र यो TVS prone लाई छिराएर हेरिन्छ । त्यो अवस्था हेरेर डाक्टरले डिम्ब बढाउनका लागि औषधि चलाउनु हुन्छ । त्यस्तै महिनावारी भएको८ देखि १० दिनमा नलिको जाँच गरिन्छ । जस्लाई HSG(hestero salphingo graphy) भनिन्छ । त्यहाँ महिलाको पाठेघर बाट Urographin भन्ने डाइ पठाइन्छ र X-ray यदि त्यो डाइ भित्र गयो भने थाहा हुन्छ कि नली खुल्ला छ भनेर । यदि नलि खुल्ला नभएको खण्डमा Hydrotubation अथवा operation ( Tuboplasty) गर्न पनि सकिन्छ ।
त्यसपछि डिम्ब बढ्यो भने त्यो फुटाउनको लागि Injection HCG दिइन्छ र डिम्बलाइ फुटाइन्छ । डिम्ब फुटाएको 72 hours भित्र IUI( intra uterine insersimination) भन्ने विधि अपनाइन्छ । डिम्बको अबस्था हेरेर १२ देखि १८ दिनसम्ममा यो विधि अपनाउन सकिन्छ । यो विधि भनेको सिधै पुरूषको विर्यलाई लिएर महिलाको पाठेघरमा पठाउने विधि हो ।

यो Three cycle सम्म गर्न सकिन्छ । एक cycle भनेको 2tims हुन्छ । यदि यो 3cycle सम्म पनि बच्चा बसेन भने IVF मा जान सकिन्छ । मैले National Inferlity center Delhi मा अध्ययन गर्दा त्यही विधि अपनाइने गरिएको थियो ।

यहाँ पनि त्यही अभ्यास गरेकाले अनुभबलाई सबैमा पूर्याउने सोँच बनाएको हो । यसरी काम गर्दा बच्चा नहुनेको पीडा देखेर दुःख लाग्दछ । ती महिला बच्चा जन्माउन जे गर्न पनि तयार हुन्छन् । त्यसमा स्वास्थ्यकर्मीले IUI गरेर सफल भएको देख्दा खुसी लाग्दछ ।

बाँझोपनाको समस्या धेरैका घरमा हुन्छ । यस्तो समस्या देखिने बित्तिकै स्वास्थ्य परीक्षण र उपचार गराउनु बुद्धिमानी हुन्छ । विज्ञानमा असम्भव भन्ने कुरा केही छैन । सबैले आफ्ना छोरी–बुहारीमा देखिनसक्ने यस्ता समस्यामा सजग हुनु पर्दछ । बाँझोपना महिलाको मात्र समस्या नभइ महिला पुरूष दुबैको समस्या हो ।

यो पारिवारिक समस्या हो भन्ने जनचेतना आजको आवस्क्ता हो । बाँझोपनाको समस्या देखिए श्रीमान् श्रीमती दुबैले स्वास्थ्य सल्लाह र परीक्षण गराउनु पर्दछ ।

लेखक कुईकेल दीर्घायु हस्पिटल काठमाडौँमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

प्रतिक्रिया दिनुहोस्