Logo

सेल्फी क्रेज: वैंश छचल्क्याउने माध्यम !



‘फेसबुक’ संसारमा सबैधन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो । फेसबुकलाई मानिसले व्यक्तिगत रुपमा मात्र नभई आफ्नो संस्थागत, व्यापारलगायतको प्रचारप्रसार गर्नको लागि पनि प्रयोग गर्ने गरिरहेका छन् । लाखौँ व्यक्तिले आफ्नो प्रोडक्टको मार्केटिङ गर्न पनि फेसबुकको प्रयोग गरिरहेका छन् । विश्वभर एकसाथ करोडौ व्यक्ति यो शोसल नेटवर्कसँग जोडिएका हुन्छन् ।
फेसबुके जवानी
सेल्फी र फेसबुककै कारण सबै उमेर वर्ग, समुदायका मानिसहरुमा चञ्चलता र उमङ्ग छाएको देखिन्छ । हिजोआज फेसबुक मोह सबैखाले मानिसमा अप्रतासित रुपमा बढेको छ । हातमा एन्ड्रोइड भर्सनको मोवाइल बोक्नेहरु सम्भवतः सबैले फेसबुक एकाउण्ट बनाएका छन् । अझ यसो भनौ, फेसबुक खोल्न र सेल्फी लिनकै लागि आजकाल महङ्गा र राम्रा मोवाइल बोक्नेहरुको संख्या बढेको छ ।

फेसबुमा थरीथरीका फोटो अपलोड गर्ने प्रवृति मौलाएको छ । विशेषगरी प्रौढ अवस्थाका महिला पुरुषले पनि आफ्नना विभिन्न स्टाइलका फोटो फेसबुकका भित्तामा छरपष्ट देखिन्छन् । कयौ मानिसका जवानी फेसबुकले फिर्ता ल्याइदिए जस्तो लाग्छ । यतिसम्म कि ६० कटेका ज्येष्ठ नागरिक, प्रौढ महिला पुरुष पनि सेल्फीमा रमाएका भेटिन्छन् । लाग्छ, वैंशमा गर्न नपाएको सुन्दरताको प्रस्तुती फेसबुक मार्फत यो उमेरमा पस्किरहेका छन् । सेल्फीमा कयौँका वैंश छचल्किएका छन् । र, जिन्दगीसँग मस्किरहेका छन् ।

फेसबुक र सेल्फी
सेल्फी अर्थात आफैँले आफ्नो फोटो खिच्नु । मोवाइल अथवा वेबक्याम मार्फत आफैँले आफ्नो फोटो खिच्ने कार्यलाई सेल्फी भन्ने गरिन्छ । त्यसरी आफैँले खिचेको आफ्नो तस्बिर तुरुन्तै कुनै सामाजिक सञ्जालमा अपलोड गरिन्छ । सेल्फीको लोकप्रियतालाई सामाजिक सञ्जालले ह्वात्त बढाएको छ । कम समयमै यो शब्द तथा प्रक्रिया लोकप्रिय हुने मुख्य कारण अनौठा अनौठा मुद्रामा तस्वीर खिच्ने तथा त्यस्तो तस्वीरलाई फेसबुकमा पोष्ट गर्दै धेरै भन्दा धेरै लाईक र कमेन्ट पाउने प्रतिस्पर्धा नै हो । यो ट्रेन्डले पछिल्लो समय भाईरलकै रुप लिएको छ ।

अक्सफोर्ड डिक्सनेरीले सन् २०१३ को अन्त्यमा सेल्फी शब्दलाई ‘वर्ड अफ द इयर’ को उपाद्यि प्रदान गरेपछि यसको लोकप्रियता झन बढेको हो । अक्सफोर्ड डिक्सनेरीले हरेक वर्षको अन्त्यमा सबैभन्दा चर्चित शब्दको खोजी गर्छ । त्यसैक्रममा वर्ष २०१३ को अन्त्यमा सेल्फी शब्द सर्वाधिक प्रयोग भएको पाइएको थियो ।

सेल्फी शब्दको पहिलो प्रयोग अस्ट्रेलियाली एक युवकले गरेका हुन् । कुनै रात उनी रक्सीको नसामा मातेर लडेका थिए । लड्ने क्रममा उनको एउटा दाँत भाँचिएकाृ थियो । उनले आफ्नो उक्त मुद्राको फोटो आफैले खिचे र फेसबुकमा ‘माफ गर्नुहोला, यो तस्वीर सेल्फी हो, त्यसैले यसको गुणस्तरमा ध्यान नदिनुहोला’ भन्दै अपलोड गरे । त्यसको केही समयमै उनी युवापुस्ता माझ चर्चित भए । उक्त तस्वीरसँगै संसारभरी सेल्फीको ट्रेण्ड प्रारम्भ भएको मानिन्छ ।

सेल्फी नेपालमा समेत लोकप्रिय भएको छ । खासगरी सामाजिक सञ्जालका युवा पुस्ता माझ विश्वव्यापी रुपमा सेल्फी खिच्ने चलनले नेपालमा पनि शहरदेखि गाउँसम्म आफ्नो प्रभाब बढाउँदै गएको छ । सेलिब्रेटीमात्र होइन, राजनीतिकर्मीदेखि विद्यार्थीसम्म, बालकदेखि बृद्धासम्म सबै सेल्फीमा पल्किएका छन् ।

मान्छेलाई भोक, प्यास, निन्द्रा, डरभन्दा पनि सेल्फी कै चिन्ता छ । अरु जे सुकै होस्, सेल्फी खिच्न पाएपछि उनीहरु तृप्त हुन्छन् । सेल्फी फेसबुकसँग प्रत्यक्ष जोडिएको शब्द हो । फेसबुकमा आफ्ना विभिन्न हाउभाउका तस्वीरहरु अपलोड गर्न मानिसले सजिलो उपायका रुपमा फेसबुकलाई लिने गरेका छन् । आफ्नो ज्यानको समेत पर्वाह नगरी मानिसहरु फेसबुकका लागि सेल्फीमा झुम्मिएको भेटिन्छन् ।

ज्यानमारा सेल्फी
सेल्फीको लतले मानिसको ज्यानसमेत गरेका धेरै समाचार हामिले सुनेका छौ । सेल्फी लिने लहरमा अप्ठ्यारो ठाउँमा पनि उभिनु पर्ने, अझ बाङ्गिनु पर्ने सोचाइले थुप्रै घटनाहरु भएका छन् । सेल्फी लिनलाई एकोहोरो भएका मान्छेले बरपरको वाताबरण ख्यालै गर्दैनन् । अरुको अगाडी आफुलाई भिन्न देखाउन मानिसहरु सेल्फी खिच्नको लागि जस्तोसुकै तरिका अपनाउन तयार छन् । यही कारण कहिलेकहीँ मानिसलाई मृत्युको मुखमा पुर्याएका थुप्रै घटना छन् ।

नेपालमा पछिल्लो समय सेल्फी खिच्नेक्रममा मानिसले मान, प्रतिष्ठा र ज्यानसमेत गुमाउमा धेरै घटना सार्वजनिक भएका छन् । केही वर्ष अगाडी तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको शवसँग समेत एक व्यक्तिले चितामा सेल्फी खिचेको तस्वीर भाइरल नै भयो ।

चितवनको नारायणी नदीमा सेल्फी खिच्ने क्रममा १६ वर्षे विस्मिता ज्ञावली बेपत्ता भईन् । यता इलामको कुटिडाँडामा पनि सेल्फी लिने क्रममै एक जना सेल्फीक्रेजीको सडक दुर्घटनामा मृत्यु भयो । यता तामाकोशी नदी किनारमा सेल्फी खिच्न गएकी भकतपुरकी १८ वर्षीय शर्मिला कर्माचार्यको कोशीले बगाएर मृत्यु भएको हो ।

प्रविधिसँगै मानिसको हाउभाउ व्यवहार परिवर्तन हुनु स्वभाविक हो र आवश्यक पनि छ । तर त्यस्तो परिवर्तन सम्बन्धी गतल मानसिकता राखेकाले भयावह भएको माथिका उदाहारणले प्रस्ट्याई सकेको छ । यस्ता परिवर्तलाई सकारात्मक प्रयोग गर्ने हो भने सामाजिक सञ्जालले समाजलाई फाईदा पुर्याउनेमा निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्