Logo

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित



बर्लिन, २७ फागुन (सिन्ह्वा) । कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिनप्रति दिन बढ्दै गइरहेको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ताको तुलनामा झन्डै ५२ हजारभन्दा बढी सङ्क्रमित भएकाले सङ्क्रमणको दर तीव्र रूपले फैलिएको देखिएको छ । त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो ।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्