Logo

सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइनेछ: पौडेल



काठमाडौँ, १ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाललका सार्वजनिक विद्यलायलाई गुणस्तरीय छन् भन्ने विश्वास दिलाउन शिक्षकको सक्रियता आवश्यक रहेको बताएका छन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको हीरक महोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले शिक्षकको सक्रियताको आवश्यकतालाई महसुस गर्दै नेपाल शिक्षक महासङ्घसँग छलफल गरेर शिक्षकका माग सम्बोधनका लागि सरकारले सहमति गरेको जानकारी दिए ।

मन्त्री पौडेलले दश वर्षे शिक्षा सुधारका कार्ययोजना तर्जुमा हुँदै गरेको र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन सरकार र सबैले साझा सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

उनले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार, शैक्षिक सुधार र कार्यक्रमिक सुधारका लागि सरकारले नीति र बजेट दिइरहेको अवगत गराउँदै शिक्षण सुधार प्रक्रियाका लागि सरकार सदैव तत्पर रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्