Logo

समिक्षाले भनिन्- ‘तिम्रो लागि सँधै म हार्न सक्छु’



काठमाडौँ, १५ वैशाख । पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षा अधिकारीले फेरि प्रेमका कुरा गरेकी छन् ।

उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा साथ फेसबुकमा एक पोष्ट गरेकी छन् । जसमा माया गर्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।

‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् । उनले यो पोष्ट किन र केका लागि गरिन् भनेर बताएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्