Logo

इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित



हङ्गेरी, २२ जेठ । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग पराजित भएको छ ।

गएराति हङ्गेरीको बुडापेष्टमा भएको खेलमा इङ्ग्ल्यान्ड हङ्गेरीसँग १-० गोलले पराजित भएको हो ।

हङ्गेरीका डोमिनिक सोबोस्लियाले खेलको ६६ औँ मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्