Logo

विश्व कप क्रिकेट लिग-दुई: नेपालले ओमानसँग खेल्दै



अमेरिका, ३१ जेठ । आईसीसी विश्व कप क्रिकेट लिग-दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज ओमानसँग खेल्दै छ ।

खेल बेलुका सवा ९ बजे हुने छ । यस अघि नेपालले दुई खेलमा एकमा बराबरी र एकमा हार बेहोरेको छ ।

अमेरिकासँगको खेलमा नेपालले बराबरी गर्दै अङ्क बाँड्यो भने त्यसअघि पहिलो खेलमा ओमानसँग नै १३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्