Logo

कोरोना भाइरस: थप ७६० जनामा संक्रमण, एककाे मृत्यु



काठमाडौँ, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ४९४ तथा एन्टिजेन विधिबाट २६६ जनामा गरी ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ ।

कोरोनाबाट आज ३२४ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४७ हजार ३४१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्