Logo

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा



काठमाडौँ, १ जेठ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । दिनभरिको सुनवाइपछि न्यायाधीसले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् ।

न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो ।

गौशाला २६ को पक्षबाट सह न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले सुरुवाति बहस गर्नुभएको थियो । उहाहरूपछि सन्दीपका वकिलहरूले बहस गरे । सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस गर्नुभयो। त्यसपछि फेरि गौशालाका निजी वकिलको पालो आएको थियो ।

गौशाला २६ का तर्फबाट चार निजी वकिलले बहस गरेका छन् । उहाहरूमा शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाई रहनुभएको छ ।

भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । फैसला भोलि नै आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्