Logo

झापामा १४ हजार ७४५ पिन्ट रगत खपत



झापा, १९ साउन । झापामा रहेका सरकारी र निजी अस्पतालमा एक वर्षको अवधिमा १४ हजार ७४५ पिन्ट रगत खपत गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

रेडक्रस झापाले भद्रपुर, बिर्तामोड र दमक रक्तसञ्चार केन्द्र र बिर्तामोडको बिएण्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ । रगत खपत गर्नेमा सबैभन्दा बढी मिर्गौला रोगी रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सबैभन्दा बढी ‘ए पोजेटिभ’ रगत खपत भएको नेरेसो भद्रपुरका रक्तसञ्चार केन्द्रका प्रमुख शिशिर दाहालले बताए ।

सबैभन्दा कम खपत भएको रगत ‘एवी नेगेटिभ’ हो । एक वर्षको अवधिमा सो रगतको खपत २० पिन्ट मात्र भएको उनले जानकारी दिए ।

उनले एक वर्षमा विभिन्न स्थानमा सङ्घसंस्थाले गर्ने रक्तदान कार्यक्रम र रक्तसञ्चार केन्द्रमै आएर ताजा रगत दिनेबाट १५ हजार १४२ पिन्ट रगत जम्मा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्