Logo

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना सङ्क्रमण



झापा, २० साउन । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा तीन सय ७० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७१ हजार छ सय २० पुगेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ७० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्