Logo

देशभर ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु



काठमाडौँ, २३ साउन । देशभर पछिल्लो २४ घण्टामा देशैभर ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा थप एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् ।

जसमध्‍ये ५ हजार ५०९ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ४७ जना आईसीयूमा छन् । ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३५ हजार ६७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्