Logo

अर्जुनधारा नगरपालिकाद्वारा दुई श्रष्ठालाई दीर्घ साहित्य साधना सम्मान



झापा , २० वैशाख । झापाको अर्जुनधारा नगरपालिकाले दीर्घ साहित्य साधना सम्मान २०८० वाट नगरका दुई श्रष्ठालाई एक समारोह बिच नगदसहित सम्मान गरेको छ ।

प्रत्येक बर्ष नगरले प्रदान गर्दै आएको साहित्य सम्मानित ब्याक्तित्व २०७९ का लागी अर्जुनधारा वडा न १ का कालीबहादुर थापा र २०८० का लागी अर्जुनधाराका वडा न ११ का हस्त परियारलाई जनही ५१ हजार रुपैया हजार नगद सहित प्रशंसा पत्र र दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।

सम्मानित ब्याक्तित्व हस्त परियारको चर्चा तथा ब्याक्ती परिचय साहित्यकार केशव आचार्य र सम्मानित ब्याक्तित्व कालिबहादुर थापाको चर्चा तथा ब्याक्ती परिचय साहित्यकार गणेश सिटौलाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा कवि अभागी थेगुवा र प्राज्ञ गुणराज जोशीले कबिता प्रस्तुत गर्नु भएको थियो । साहित्यकार पुन्य खरेल, कृष्ण बराल, सुसिला सुबेदी, वडा अध्यक्ष खगेन्द्र इङ्गनाम सामाजिक बिकास सम्योजक कौशिकलाल परियार ९भोला० लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

नगरकै गहनाको रुपमा रहेका ब्याक्तित्वहरुलाइ प्रत्येक बर्ष सम्मान र संरक्षण गर्न पाउँदा गौरव लागेको बताउदै दीर्घ जिवनको शुभकामना सहित कार्यक्रमका अध्यक्ष कार्यबाहक प्रमुख खडगमाया पराजुलीले सम्मानित ब्याक्तित्व र उपस्थित साहित्यकार एवम् अतिथिहरुमा शुभकामना सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

साहित्यकार सरोज ओलिको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको स्वागत लेखक एवम् पत्रकार कुमार भट्टराईले गर्नु भएको थियो भने सहजीकरण सौजन कटुवालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्