Logo

शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध छ: देउवा



काठमाडौँ, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

उनले युवा वर्गमा मुलुकभित्र रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न आवश्यक देखिएको पनि बताए । प्रधानमन्त्री देउवाले युवा केन्द्रित गतिविधिहरूको कार्ययोजना निर्माण तथा कार्य सम्पादन कार्यभार युवा परिषद्ले गर्नुपर्ने बताए ।

उनले सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकासलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्