Logo

पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना



काठमाडौँ, ४ भदौ । पछिल्लो २४ घण्टामा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार तीन सय ३७ जनाको नमूना परीक्षण गर्दा दुई सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । पाँच सय ७७ जना निको भएका छन् । अहिले नेपालमा चार हजार ६ सय २५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्