Logo

एकैदिन ६ सय ३४ जनामा कोरोना सङ्क्रमण



काठमाडौँ, ७ भदौ । नेपालमा एकैदिन ६ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय ४९ जनाको नमुना परीक्षण गर्दा ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । थप चार सय १७ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय २१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्