Logo

पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना



झापा, १० भदौ । पछिल्लो २४ घण्टामा तीन सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा तीन सय २४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । यही अवधिमा चार सय १८ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन हजार नौ सय ४३ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्