Logo

नारी सञ्चार गृहद्वारा ‘नारी पत्रकारिता पुरस्कार’ स्थापना



बिर्तामोड, १८ भदौ । नारी सञ्चार गृह झापाले पत्रकारिता पुरस्कार स्थापना गरेको छ । झापाको बिर्तामोडमा आज संस्थाको ११औँ स्थापना दिवसका अवसरमा हरेक दुई वर्षमा एक पत्रकारलाई रु एक लाख एक हजार एक सयको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले सो पुरस्कारको नाम ‘नारी पत्रकारिता पुरस्कार’ राखिएको जानकारी दिएन् । प्रदेश नं १ भरिका पत्रकार महिलामध्ये उत्कृष्टलाई सो पुरस्कार प्रदान गरिने छ । यसैगरी सोही संस्थाले झापाभरिका पत्रकारमध्ये एक जनालाई हरेक दुई वर्षमा रु २५ हजार पाँच सय राशिको ‘नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नारी सञ्चारगृहको स्थापना २०६९ सालमा भएको हो ।

पत्रकारिता क्षेत्रमा क्रियाशील र नवप्रवेशी महिलालाई सङ्गठित गर्दै तालिम तथा प्रशिक्षण प्रदान गर्दै उक्त संस्थाले पुरस्कारका लागि रु २५ लाखको अक्षयकोष खडा गरेको छ ।

यसैबीच नारी सञ्चारगृहले आज ‘मर्यादित पत्रकारिताका लागि भूमिका, सुझाव र प्रतिबद्धता’ विषयक अन्तक्र्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले प्रदेश सरकारले सञ्चार विधेयक सदनमा प्रस्तु गरेर आमसञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा सघाउ पु¥याउन खोजेको बताए ।

संस्थाको स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि मन्त्री घिमिरे र विशेष अतिथि नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ रहेकी थिइन् । अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत तथा संस्थाको परिचय संस्थापक अध्यक्ष साबित्रा दाहालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्