Logo

साफ यू-१७: नेपालसँग भारत पराजित



श्रीलङ्का, २४ भदौ । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएको छ ।

श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालले भारतलाई तीन–एक गोलले हरायो ।

नेपालको जितमा सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक-एक गोल गरे । भारतका लागि ड्यानी मेतीले गोल गरे । एक-शून्यले पछि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको हो ।

यो जितसँगै समूह बी’ मा नेपाल दुई खेलमा ६ अङ्कसहित समूह विजेता बनेको छ भने भारत दुई खेलमा तीन अङ्क जोडर उपविजेता बनेको छ । दुवै टोली सेमिफाइनल प्रवेश गरेका छन् ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई दुई-एक गोलले हराएको थियो । भारतले पनि भुटानलाई तीन-शून्य गोलले हराएको थियो । दुवै खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्