Logo

एसिया कप क्रिकेट: श्रीलङ्काले पाकिस्तानलाई हरायाे



दुबई, २५ भदौ । एसिया कप टी-२० क्रिकेटमा श्रीलङ्काले पाकिस्तानलाई हराएको छ ।

दुबई अन्तर्राष्ट्रिय मैदानमा गए राति भएको ‘सुपर फोर’ को अन्तिम खेलमा श्रीलङ्काले पाकिस्तानले पाँच विकेटले हराएको हो ।

पाकिस्तानले दिएको एक सय २२ रनको सामान्य लक्ष्य श्रीलङ्काले पाँच विकेट गुमाएर १८ बलअघि नै भेटायो । उसका लागि पथुम निशंकाले नटआउट ५५, भानुका राजापाक्षेले २४ र दसुन सनाकाले २१ रन बनाए । बलिङतर्फ पाकिस्तानका मोहम्मद होसनैन र हरिस रौफले दुई-दुई विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले बाबर आजमको ३० र मोहम्म्मद नवाजको २६ रन मद्दतमा एक सय २१ रन बनाएको थियो । बलिङतर्फ श्रीलङ्काका विनिन्दु दी सिल्भाले तीन विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्