Logo

२० वर्षमुनिको एसिया कप फुटबल छनोट: नेपाल भुटानसँग पराजित



काठमाडौँ, २६ भदौ । २० वर्षमुनिको एसियाकप फुटबल छनोटको पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको छ ।

बहराइनको शेख अलि विन मोहम्मद अल खलिफा मैदानमा गएराति भएको खेलमा भुटानले नेपाललाई २-० ले हराएको हो ।

भुटानले दुवै हाफमा एक-एक गोल गर्न सफल भयो । खेलको ३३औँ मिनेटमा भुटानका सोनाम छोझाङ र दोस्रो हाफको सुरुमै कर्मा टासी जाम्सोले गोल गरे । खेलको इञ्जुरी समयको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

अभिषेक वाइबाले फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितसँगै भुटानले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । छनोटको समूह ‘बी’ मा नेपाल, भुटान, कतार, बहराइन र बङ्गलादेश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्