Logo

यूईएफए नेसन्स लिग फुटबल: पोर्चुगलकाे फराकिलो जित



पोर्चुगल, ९ असोज । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० गोलले हराएको हो ।

पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक-एक गोल गरे । जितसँगै लिग ‘ए’ समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्