Logo

अस्ट्रेलियासँगको टी-२० शृङ्खला भारतले जित्यो



भारत, १० असोज । भारतले अस्ट्रेलियासँगको तीन खेलको टी-२० शृङ्खला जितेको छ ।

घरेलु मैदान हैदराबादमा गएराति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटले हराउँदै अस्ट्रेलियासँगको तीन खेलको टी-२० शृङ्खला भारतले २-१ ले जितेको हो ।

अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य भारतले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । भारतका लागि सूर्यकुमार यादवले ६९ तथा विराट कोहलीले ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, हार्दिक पाण्डेयले २५ तथा रोहित शर्माले १७ रन बनाए ।

अस्ट्रेलियाका लागि ड्यानियल साम्सले २ तथा प्याट कमिन्स र जोस हेजलउडले समान १-१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो । उसका लागि टिम डेभिडले ५४ र क्यामरुन ग्रिनले ५२ रनको अर्धशतकीय पारी खेले पनि जिताउन सकेनन् ।

यस्तै, ड्यानियल साम्सले २८ तथा जोस इङ्ग्लिसले २४ रन बनाए । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने युजभेन्द्र चहेल, हर्षल पटेल र भुवनेश्वर कुमारले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्