Logo

पाकिस्तानसँग इङ्ल्यान्ड पराजित



पाकिस्तान, १० असोज । इङ्ल्यान्डसँगको चौथो टी-२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।

कराचीमा गएराति पाकिस्तानले इङ्ल्यान्डलाई ३ रनले हराएको हो ।

जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २-२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले ३४ र लियाम डसनले ३४-३४ रनको योगदान गरे । यस्तै, बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन बनाएका थिए ।

पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३-३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए । इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसन र डेबिड विल्लेले समान एक-एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्