Logo

अर्जेन्टिना साउदी अरेबियासँग पराजित



कतार, ६ मंसिर । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।

मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई-एक गोल अन्तरले हरायो । पहिलो हाफमा १-० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे । यो हारसँगै अर्जेन्टिनाको लगातार ३६ खेलको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ ।

प्रतिक्रिया दिनुहोस्