Logo

‘भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य छ’



चीन, २७ मंसिर । चीनले भारतसँगको सीमा क्षेत्र तवाङ र याङ्त्सेको अवस्था सामान्य रहेको बताएको छ ।

सीमाक्षेत्र तवाङ र याङ्त्सेमा दुवै देशका सैनिकबीच झडप भएको स्वीकार्दै चीनले अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको बताएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगको झडपपछि सीमाको अहिलेको स्थिति सामान्य र स्थिर रहेको बताएको रोयटर्सले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप हुँदा दुवै पक्षका केही व्यक्तिलाई सामान्य चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्