Logo

शेयर बजार सामान्य घट्याे



काठमाडौँ, २८ मंसिर । शेयर बजार बुधवार सामान्य घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्