Logo

शेयर बजार बुधवार फेरि घट्यो



काठमाडौँ, ६ पुस । शेयर बजार बुधवार फेरि घटेको छ ।

मङ्गलवार र सोमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।

आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्