Logo

ओली, प्रचण्ड र खनालको जम्काभेट



काठमाडौँ, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ ।

शीतल निवासमा आयोजित प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण समारोहमा नेतात्रय पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित भएका थिए । एमाले अध्यक्ष ओलीको सचिवालयले नेताहरूबीचको भेटको तस्बिर सार्वजनिक गरेको छ ।

उनीहरूबीच संवाद पनि भएको छ ।

Oli Prachnda Jhlag1671619528.jpg

आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबरालाई शपथ खुवाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्