Logo

विराटनगर र काठमाडौँ नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा प्रवेश



काठमाडौँ, २३ पुस । विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्स नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् ।

आज विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाडौँले पनि प्ले अफमा पुग्ने मौका पाएको हो ।

त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा विराटनगरले काठमाडौँलाई ७ विकेटले हरायो । काठमाडौँले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले ६६ रन तथा गौरान्शु शर्माले नटआउट ५१ रन बनाएका थिए ।

दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेञ्जर्सलाई ४१ रनले हरायो । १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८ ओभर १ बलमा एक सय ४६ रनमा अलआउट भयो । उसका लागि प्रतिस जिसीले ११ बलमा ३४ रन बनाए भने उपुल थरङ्गाले ३६ रन बनाएका थिए ।

फार वेस्टका दुर्गेश गुप्ताले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टका हशमतुल्लाह शाहिदीले ६७ र विनोद भण्डारीले ५९ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्