Logo

पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु



पर्सा, २७ पुस । पर्सामा कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ को त्रिपति ट्रेडिङ एन्ड सप्लायर्सको कोइला डिपोमा गए राति कोइला बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ज्यान गुमाउनेमा भारतको मोतिहारी जिल्लाका २९ वर्षका पवित्र गिरी र बहारका मिथलेश यादव रहेका छन् । उनीहरू गए राति कोइला बालेर झ्याल र ढोका थुनेर सुतेका थिए ।

नारायणी अस्पतालबाट पुगेका डाक्टरले अक्सिजनको कमी हुँदा उनीहरूको निसासिएर ज्यान गएको बताएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्