Logo

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राईले सरकारी निवास छाडे



विराटनगर, २८ पुस । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छाडेका छन् ।

राईले बिहीबारबाट निवास छोडेको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । उनले निवास छोड्न दुई दिन ढिला भएका कारण माफीसमेत मागेका छन् ।

विगतमा आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको कटु अनुभव भएको बताउँदै निवास छाड्न दुई दिन ढिला भएकोमा माफी मागेका छन् ।

उनले लेखेका छन्, ‘२५ गते साँझसम्म शपथ कार्यक्रममा व्‍यस्त, २६ गते संसद्, सभामुखको उमेद्वारीको प्रक्रियामा व्‍यस्त, आफ्नो कार्यालय, सचिवालय, निवासका कर्मचारी, सुरक्षाकर्मी, सहयोगीसँग बिदाइ कार्यक्रम, २७ गते फुर्सद र तयारी र २८ गते बिहान ११ बजे निवासबाट बिदा ।’

राई २०७८ कात्तिक १६ गते प्रदेश १ को तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्