Logo

मधेश प्रदेश सभामुख: एमालेका रामचन्द्र र कांग्रेसका जंगीलालको उम्मेदवारी



जनकपुरधाम, ३० पुस । मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ ।

माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत सहित सत्तारुढ दलहरूको समर्थन छ भने आफ्नै पार्टीको प्रस्ताव र समर्थनमा रायले उम्मेदवारी दिएका छन् ।

मण्डलका प्रस्तावकमा माओवादीका भरतप्रसाद साह र समर्थनमा लोसपाकी रानी शर्मा तिवारी, जसपाका रामआशिष यादव, जनमतका महेश प्रस्ताव यादव रहेका छन् भने रायका प्रस्तावक कांग्रेसकै कुमरकान्त झा र समर्थक जिवछी यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्