Logo

सुनको भाउ दुई सय रुपैयाँले घट्याे



फायल तस्बिर

काठमाडौँ, ८ माघ । हप्ताको पहिलो दिन आज सुनको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ सस्तो छ ।

आज सुनको भाउ तोलाको १ लाख ५ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्