Logo

रास्वपाले भन्यो: गृह मन्त्रालयमा हाम्राे दाबी यथावत् छ



काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ ।

आइतवार बसेको पार्टीको बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै पार्टीका प्रवक्ता मुकुल ढकालले भने, ‘समस्या समाधान गरिसकेको अवस्थामा हाम्रो जिम्मेवारीमा पाएको गृह मन्त्रालयको बारे निर्णय गर्ने अधिकार पनि हाम्रो पार्टीलाई छ । गृह मन्त्रालय हामीले स्वत: पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ ।’

उनले सभापति लामिछानेले यसबारे गठबन्धनका नेताहरूसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्