Logo

बाघले आक्रमण गर्दा बझाङमा एक जना गम्भीर घाइते



बझाङ, ७ फागुन । बाघले आक्रमण गर्दा बझाङमा एक जना गम्भीर घाइते भएका छन् ।

सिमकोट गाउँपालिका-७ चौगानफयाका २८ वर्षीय रामजल शाही बाघको आक्रमणबाट घाइते भएका हुन् । बाघको आक्रमणबाट घाइते शाहीको हात, खुट्टामा गम्भीर चोट लागेको छ ।

उनलाई उपचारकालागि खप्तडछान्ना गाउँपालिका-७ गडरायमा आजबाट सुरु भएको स्वास्थ्य शिविरमा लगिएकोमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको उनका आफन्त यज्ञबहादुर शाहीले बताए ।

खप्तडछान्ना गाउँपालिकाको खालीगडा भन्ने ठाउँ पुजारी गाउँको जंगलमा बाख्रा चराउन गएका बेला जंगलबाट आएको बाघले शनिबार दिउँसो शाहीलाई आक्रमण गरेको स्थानीय गगन बहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्