Logo

स्रोत नखुलेको १० लाख भारतीय मुद्रासहित युवक पक्राउ



महोत्तरी, ३ चैत । महोत्तरी जिल्लाको मूल भन्सार नाका जलेश्वर नगरपालिका–३ भिट्टामोडमा बिहिवार स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय विमलेश पाण्डे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार युवक पाण्डे भारतबाट ज ४ प ७०३४ नम्बरको मोटरसाइकलमा चढी पैसा बोकेर भारतबाट नेपाल आउँदै गर्दा प्रहरी चौकी भिट्टामोडलाई शङ्का लागि जाँच गर्दा उनी स्रोत नखुलेको भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले नौ लाख ९८ हजार तीन सय भारतीय रुपैयाँ बरामद गरेको हो । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्