सुन चाँदीको भाउ आज पनि बढ्यो
काठमाडौँ, ३ चैत । सुन चाँदीको भाउ आज पनि बढेको छ ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँले बढेको छ ।
बिहीबार तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज चार सय रुपैयाँले बढेर एक लाख सात हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।