Logo

अमेरिकामा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु



अमेरिका, ११ चैत । अमेरिकाको मिसिसिपी राज्यमा आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य जारी छ ।

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासिन्दालाई सचेत रहन भनिएको छ ।

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ । हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ ।

मृतक र वेपत्ताहरूको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । टिभीमा प्रशारित भिडियोमा आपतकालिन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पु¥याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्