Logo
  बैशाख ८, २०८१ शनिबार

शेयर बजार दोहोरो अङ्कले घट्यो



काठमाडौँ, १६ चैत । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से बिहीवार १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता शेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्