Logo

उपनिर्वाचनका लागि मौन अवधि सुरु



काठमाडौँ, ८ वैशाख । आइतवार तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि मौन अवधि सुरु भएको छ ।

गएरातिदेखि लागू भएको मौन अवधि आइतबार मतदान प्रक्रिया नसकिएसम्म रहने छ । मौन अवधिभर कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न निषेध गरिएको छ ।

यस्तै निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ ।

साथै निर्वाचन आचारसंहिताविपरीत सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रचारप्रसारजस्ता कार्य नगर्न आयोगले सम्बन्धित पक्षलाई अपिल पनि गरेको छ । तीन क्षेत्रमा मात्रै चुनाव हुने भएपनि आचारसंहिता देशैभर लागू हुने आयोगले जनाएको छ।

वैशाख १० गते आइतवार चितवन-२, बारा-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँँदैछ ।

प्रतिक्रिया दिनुहोस्