Logo

सुधारिएको महेन्द्ररत्न मावि



बिर्तामोड, १८ जेठ । बिर्तामोड नगरपालिकाको झापाका पुराना विद्यालय मध्येको महेन्द्ररत्न माध्यमिक विद्यालय अहिले धेरै अभिभावक र विद्यार्थीको रोजाईमा पर्दै गएको छ । पछिल्ला वर्षमा विद्यालयमा भएको शैक्षिक तथा भौतिक सुधारले विद्यार्थी र अभिभावकको रोजाईमा परेको हो ।

बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजारमा रहेको यस विद्यालयमा टाढा टाढाबाट विद्यार्थी आउने गरेका प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए । उनले भने, कतिपय विद्यार्थी निजी तथा अन्य विद्यालय छाडेर आउने गरेका छन् ।

प्रधानाध्यापक खरेलले विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहनु नपर्ने र अभिभावक आफैं विद्यार्थी लिएर विद्यालयमा भर्ना गर्न आउने गर्दछन् ।

विद्यालयमा राजवंशी, चौधरी, सन्थाल, थारु, साह र माझीलगायतका आदिवासी समुदायका विद्यार्थी बढी अध्ययन गर्न आउने गरेका छन् । प्रधानाध्यापक खरेलले विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको तर भौतिक संरचना र दरबन्दीको कमिले सबै विद्यार्थी भर्ना गर्न नसकेको बताए ।

प्रधानाध्यापक खरेलका अनुसार विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । धेरै अभिभावकले विद्यालय आएर पढाईप्रति चासो राख्ने गरेका छन् । चासो नराख्ने अभिभावकलाई बोलाएर छलफल गर्ने गरेको बताए ।

अतिरिक्त क्रियाकलापमा महेन्द्ररत्न नगरभरीकै उत्कृष्ट विद्यालय रहेको छ । गत वर्षको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय प्रथम भएको थियो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी दिप्सी खरेलले विद्यालयमा प्रोजेक्टरको माध्यमबाट राम्रोसँग पढाइ हुने भएकाले आफुले पढ्दै गरेको विद्यालयलाई छोडेर महेन्द्ररत्न रोजेको बताइन् । उनी भन्छिन्, विद्यालयका शिक्षकबाट अध्ययन र अतिरिक्त क्रियाकलापमा सहयोग पाइन्छ ।

विद्यालयकि अर्की विद्यार्थी तृष्णा भट्टराईका अनुसार विद्यालयमा पढाइमा मात्र नभएर विद्यार्थीको प्रतिभालाई देखाउने अवसर पनि पाइने बताइन् । उनले विद्यार्थीका रुचि अनुसारका क्षेत्रमा सहभागीता गराउने गरेके बताइन् । उनले विद्यालयको वातावरण पढ्नका लागी राम्रो भएको बताउँछिन् । उनले भन्नि शिक्षकहरु सहयोगी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्