Logo
  बैशाख ४, २०८१ मंगलबार

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना



भारत, १९ जेठ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यप्रदेशको उज्जैन सहरस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

देशका १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशका गभर्नर मंगुभाई पटेल, राज्यमन्त्री मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए । प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्न मन्दिर परिसरमा रातो कार्पेट बिछ्याइएको थियो ।

छिमेकी मुलुकबाट आएका पाहुनालाई स्वागत गर्न पुजारीहरुले शंख बजाएका थिए । भगवा रङको शाल लगाएर प्रचण्डले मन्दिरको गर्भगृहमा धार्मिक अनुष्ठान गरेका थिए ।

प्रचण्डले भ्रमणका क्रममा मन्दिरमा ‘रुद्राक्ष’ र ५१ हजार भारु चढाएका थिए । करिब ५५ किलोमिटर लामो बाटोमा कडा सुरक्षा व्यवस्थाबीच उनी सडक मार्गबाट ​​मन्दिर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्