Logo

हिलो खेलेर धान रोप्दै झापाका किसान (फोटोफिचर)



मेचीनगर, १६ असार । देशका विभिन्न स्थानमा किसानहरु धान रोप्न व्यस्त रहेका छन् । मनसुन सुरु भएसँगै लगातार पानी पर्न थालेपछि झापासहित देशका विभिन्न ठाउँमा किसानहरु खेतिपातिमा जुटेका हुन् ।

झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा राष्ट्रिय धान दिवसको अवसर पारेर शुक्रबार बेठीसहित रोपाइँ गरिएको छ ।

राप्रपा मेचीनगरको आयोजना तथा राप्रपा मेचीनगर-१२ तथा बुद्धशान्ति गाउँपालिकाको सह-आयोजनामा भएको रोपाईंमा नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपाहारहरू, हातमा कोदालो लिएका बाउसेहरू र हलगोरु साइरहेकाहरूको क्रियाकलाप साँच्चै रोमाञ्चक देखिन्थ्यो ।

तस्बिर: उमेश खतिवडा

प्रतिक्रिया दिनुहोस्