Logo

आज २०८३ साल वैशाख १७ गते विहीवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस्। मठ मन्दिर आदिको यात्रा गर्दा सकेसम्म परिवारसँग जानुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। सवारी साधन अरुलाई दिनबाट बच्नुहोस्। मेहनतले ज्ञान र कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

रोकिएका काम बन्नुका साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्ला। प्रतिद्वन्दीको सल्लाहलाई विचार पुर्याएर विश्वास गर्नुहोला। राजनीतिमा जोडिएकाहरूलाई विशेष मौका मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिएला। साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ। धर्म कर्म भन्दा भौतिक सुविधामा मन लाग्नेछ। विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिख्न पाउनुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको जस पाइनेछ। लेखन वा अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज महत्वकाङ्क्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला मनको भड्काव देखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धार्मिक कार्यक्रममा सहभागी हुन अवसर मिल्नेछ। हजुरको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। वैदिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान पाउनुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ। घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रको विस्तारलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा धैर्यताको आवश्यकता रहेको छ। पहिला गरेका समझौतामा असमझदारी बढ्नेछ। गुरुको मार्गदर्शन उपयोगी रहनेछ। माताको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुको कुरामा चासो लिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारा चुनौतीलाई पनि मेहनत र बुद्धिने सजिलो बनाउन सक्नुहुनेछ। रोकिएका काम पुनः सञ्चालन हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कमी कमजोरी माथि टिप्पणी हुन सक्ला सावधान रहनुहोस्। विचलित मनले कुनै निर्णय नलिनुहोला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरुको साथ पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि पुराना कार्य सम्पादन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्