Logo

मोटरसाइकल दुर्घटना हुँदा अनुसन्धान निर्देशकको मृत्यु



सर्लाही, १० साउन । सर्लाहीको ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ ।

फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका-९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका-६ बयलवास घर भएका राष्ट्रिय अनुसन्धानका अनुसन्धान निरीक्षक २९ वर्षीय वसन्त साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

राष्ट्रिय अनुसन्धान कार्यालय मलङ्गवामा कार्यरत अनुसन्धान निरीक्षक साह मङ्गलबार कार्यालयको काम सकेर घर आउँदै गर्दा दुर्घटनामा परेका हुन् । उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्