Logo

पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैनः मन्त्री किराती



फिक्कल, १६ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताएका छन् । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०÷८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उनले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिए ।

“विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उनले भने, “यहाँको प्रकृति आफैँमा सुन्दर छ । डाँडाडाँडामा भ्युटावर जरुरी छैन । श्रमबाट संरक्षण गरौँ, डोजरबाट होइन ।” नेपालको पर्यटन विकासले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै उनले पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार गरेर अगाडि बढ्नुपर्ने तर्क गरे ।

सांसद महेश बस्नेतले इलाम जिल्लाको पर्यटन विकासका लागि थुप्रै कार्यक्रम गर्न आवश्यक भए पनि यस वर्ष बजेट विनियोजन नहुनु दुःखत रहेको बताए । उनले सम्भावना नै सम्भावना भएको इलामको राजमार्ग अस्तव्यस्त अवस्थामा रहेको बताउँदै यसलाई व्यवस्थित गर्न आफूले जोड दिइरहँदा पनि बजेटको व्यवस्थापन हुन नसकेको जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्