Logo

सरकार र शिक्षकबीचको वार्ता शुरु



काठमाडौँ, ५ असोज । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा भइरहेको वार्तामा आन्दोलनरत शिक्षकहरूले राखेका मागका विषयमा छलफल थालिएको छ । अहिले शिक्षक-कर्मचारीले आफ्ना मागका विषयमा धारणा राखिरहेका र त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरू गएको बुधवारदेखि आन्दोलनमा छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका छन् ।

आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्