Logo

टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता हाेस्: शर्मा



काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वकर्मा शर्माले टिकटक बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा द्वेष फैलाउनेलाई पहिचान गर्न आग्रह गर्दै महामन्त्री शर्माले टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सरकार स्पष्ट होस्, राज्यले स्वच्छन्दता नियन्त्रण गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने होइन । सामाजिक-धार्मिक सहिष्णुताको रक्षा समाजको आत्मानुशासन र सरकारको सुशासनले हुने हो । सामाजिक सञ्जाललाई आत्मानुशासनमा कसरी ल्याउने भन्नेबारेमा खुला छलफल गरौँ, तार्किक निष्कर्ष पहिल्याऔँ र पालना गरौँ । टिकटक बन्दको निर्णय अविलम्ब फिर्ता गर ।’

महामन्त्री शर्माले गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने कि जोखिमरहित उपचार खोज्ने भनेर प्रधानमन्त्रीलाई प्रश्न पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्