Logo
  फाल्गुन १९, २०८० शनिबार

विराट काेहलीले ताेडे सचिनकाे रेकर्ड



भारत, २९ कार्तिक । भारतीय क्रिकेटर विराट काेहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरकाे नाममा रहेकाे सर्वाधिक शतककाे रेकर्ड ताेडेका छन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनलअन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा शतक बनाउँदै काेहलीले सचिनकाे सर्वाधिक ४९ शतककाे रेकर्ड ताेडेका हुन् ।

याेसँगै काेहली एकदिवसीय क्रिकेटमा ५० शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । तेन्दुलकरले ४ सय ५२ इनिङ्समा ४९ औँ शतक पूरा गरेका थिए । काेहलीलै मात्र २ सय ७९ इनिङ्समा ५० औँ शतक बनाएका छन् ।

क्रिकेटकाे ३ वटै फर्म्याट (टेस्ट, एकदिवसीय र टी-२०) मा गरेर सय शतक बनाउने रेकर्ड भने सचिनकाे नाममा छ । उनले टेस्टमा ५१ र एकदिवसीयमा ४९ शतकसहित याे उपलब्धि हासिल गरेका हुन् । सर्वाधिक शतककाे दाेस्राे नम्बरमा रहेका काेहलीले टेस्टमा २९, एकदिवसीयमा ५० र टी-२० मा १ गरेर शतक सङ्ख्या ८० पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्